Tuesday, November 26, 2013

आर्मीको ट्रकसमेत प्रयोग गरेनौं, बाकस के को व्यारेकमा राख्नु ?

अमित ढकाल, किरण भण्डारी र विष्णु बुढाथोकी काठमाडौं, मंसिर ११ print

  • 0
     
     
    0
     
     
    0
     
     
    New
     
  • GET NEWS ALERTS


नेकपा–माओवादीको दस दिने बन्दबिच संविधानसभा निर्वाचन अपेक्षित शान्तिपूर्ण भयो । लगातारको बम विष्फोटकोसमेत पर्वाह नगरि मतदाताहरु सहभागी भए ।
 
चुनावी वातावरण देख्न र महशुस गर्न सकिने गरि नै सामान्य रह्यो ।  
 
आफ्नो पार्टी संरचनाबाट देशभरको खबर लिइरहेका एमाओवादी अध्यक्ष प्रचण्ड सफल निर्वाचनबाट सबैभन्दा उत्साही भए । 
 
चितवनबाट प्रचण्डले पत्रकारहरुलाई भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल गराएकोमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र आम जनतालाई बधाई ।’
 
त्यो दिनसम्म ठूलो दलका शक्तिसाली अध्यक्षको मुक्त कण्ठको प्रशंसाले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उत्साही भए ।
 
मतदानको दिनको धपेडी सकेर घर पुगेका उप्रेतीलाई अर्को टेलिफोनले पनि झन् सन्तोष दियो । 
 
‘चुनाव राम्रो भो,’ कांग्रेस सभापति सुशील कोइरालाले भनेका थिए, ‘तपाईलाई बधाई छ ।’
 
भोलिपल्ट बिहान ५ बजे नै बाबुराम भट्टराईको फोन आयो– समग्रमा चुनाव राम्रो भो, बधाई छ ।
 
भट्टराईले बधाईको औपचारिकता पुरा गरेर आफ्नो कुरा पनि गरिहाले, ‘मेरो क्षेत्रमा जे–जस्तो लाञ्छना लागेका छन्, त्यसरी जित्नुपर्ने मानिस म हैन ।’
 
भट्टराईले चुनाव लडेको गोरखा–१ मा माओवादीले १५ वटा बुथ कव्जा गरेको आरोप कांग्रेस, एमाले सहित अरु दलले लगाएका थिए ।
 
त्यसो त चुनाव प्रचार प्रसारका क्रममा नै आयोग र भट्टराईबीच घच्चमच्चा भइरहेको थियो । उनले आचारसंहिता बिपरित पोस्टरिङ् गरे भन्ने गुनासो केन्द्रसम्म नै आइपुगेको थियो । 
 
उप्रेतीले बाबुरामका प्रचारमा सक्रिय अगुवा माओवादीलाई नरम लवजमा रुखो बचन नै लगाउनुपरेको थियो– हामीलाई त लाग्छ बाबुरामलाई संसारले चिन्छ । गोरखामै भित्तामा पोतेर चिनाउनुपर्छ ?
 
आयोगको आदेश कार्यान्वयन । भित्ते लेखन मेटियो पनि ।
 
आचारसंहिता कार्यान्वयनका सिलसिलामा ठुस्किएका होलान् भन्ने ठानेको भट्टराईले गरेको निर्वाचनको प्रशंसा उप्रेतीलाई अरु नेताको भन्दा विशेष लाग्यो ।
 
भोलिपल्टै एमाले अध्यक्ष झलनाथ खनालको ‘कम्प्लेन कल’ पनि आयो ।  कतै काउन्टिङ्मा समस्या आयो भन्ने विषयको फोन थियो । 
 
उप्रेतीका अनुसार मंसिर ४ गते त उनले दिन रात भन्न पाएनन् । फोनको ओइरो नै।
 
‘सबैभन्दा धेरै कल नुवाकोटबाटै आयो,’ उनी सम्झना गर्छन्, ‘रामशरण महत र प्रकाशचन्द्र लोहनीको सबै भन्दा धेरैपल्ट ।’
 
‘कल एभ्वाइड’ गर्न नखोज्दा नखोज्दै अति व्यस्ताताले लोहनीको एक कल र एउटा मेसेजको भने जवाफ दिन नभ्याएको उनले बताएका छन् । 
 
त्यो दिनभरिका अधिकांस कल चुनावको बधाईको औपचारिकतावाला थिए ।  चुनावी थकाई मेट्न ढुक्कले निदाएका उप्रेतीले मध्येरातमा खवर पाए, ‘माओवादीले गणना बहिष्कार गर्‍यो ।’
 
किन ?
 
उनलाई जानकारी गराइयो, ‘चलखेलपूर्ण निर्वाचन पुनरावलोकनको माग छ ।’
 
प्रचण्ड, भट्टराईले बधाई दिएको २४ घन्टा बित्न पाउँदा नपाउँदै आएको यो ‘यू टर्न’ ले उनलाई ताज्जुब लाग्ने खालकै थियो । 
 
मतगणना अघि बढेसँगै प्रचण्डको मोर्चामा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र, महतो, सरिता गिरीहरु थपिए ।
 
बहिष्कार सामान्य भइसकेकाले पुनरावलोकनको माग गर्ने दल थपिँदै गएपनि ठूलो सरोकार राखेका छैनन् । 
 
राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र लोहनीले एउटा लेख मार्फत् निर्वाचनमा ठूलो धाँधली भएको जिरह गरेका छन्। 
 
संयोगले माओवादी र लोहनीका धाँधलीका आरोप उस्तै छन् । ती आरोपहरुबारे प्रमुख आयुक्त उप्रेतीको धारणा के छ त ? सेतोपाटीले जवाफ खोज्ने प्रयास गरेका छन् ।      
 
दलका प्रतिनिधि मतपेटिकासँगै ल्याइएन भन्नेबारे
 
पहिला जस्तो गाइजात्रे चुनाव अहिले भएको भए त चुनाव नै क्यान्सिल हुन्थ्यो । शान्ति प्रकृयाबाट ल्याएर भर्खर घचेढ घुचुढ गरेर चुनाव गरिएको हो । स्थिती पनि फरक थियो, समय पनि फरक थियो ।
 
मैले देखेको छु मतदान अधिकृतले बाकस छोडेर भागेको ।
 
राती पुलिसले मतदान अधिकृत खोजेर ल्याएर बाकस चिनाइ मागेको । फलानो ठाउँको बाकस होला ल्याऊ ल्याऊ भनेर पछि परिणाम निकाल्नुपर्ने अवस्था आएको ।
 
धेरैजसो मतदान केन्द्रबाट मतदान अधिकृतलाई सँगै नल्याइदिएर  समस्या नै भएको थियो उतिबेला । 
 
मतपेटिका लिएर आउँदा अहिले कतिपय दलले भने जस्तो प्रतिनिधि सँगै एउटै मोटरमा लिएर ल्याउन आवश्यक छैन ।
 
मतदान अधिकृत ल्याउनै पर्ने हो । सबै जिम्मेवारी उसकै हो । त्यसैले हामीले कम्तीमा १÷२ जाना प्रतिनिधि र पर्यवेक्षक जसरी पनि ल्याउनु भनेका थियौं ।
 
१ सय २४ दलका प्रतिनिधि ल्याउन सकिन्न । व्यवहारिक नै छैन ।
 
त्यसैले जति प्रतिनिधि छन् उमेरले जेष्ठलाई ल्याउनु भनेका थियौं । अहिले मात्र हैन मैले देखेको हाम्रो र संसारको कुनै पनि चुनावमा अहिलेसम्म सबै प्रतिनिधिलाई ल्याएको मैले थाहाँ पाएको छैन ।  
 
मतपेटिका सुरक्षित भएन भन्नेबारे
 
मतदान सकिएपछि हाम्रो ध्यान चाँडो भन्दा चाँडो मतपेटिकालाई काउन्टिङ् सेन्टर पुर्‍याउनु हुन्छ । मतपेटिकामा सिलबन्दी गरिएको मतदाताको विवेक सुरक्षित रुपमा गणना गर्नु हाम्रो प्रमुख दायित्व हो । 
 
विभिन्न सुरक्षा चुनौतीलाई समेत विचार गरेर हामीले मतपेटिका हिडाउँछौं । बस, पिक अप, ट्रक वा हेलिकोप्टरको पनि प्रयोग गर्‍यौं । 
 
मतपेटिका सुरक्षामा कतैबाट चुनौती नआवस् भनेर हामीले यसपाला छुट्टै रणनीति नै अपनायौं ।
 
अघिल्ला निर्वाचनमा सिडिओले स्रोत साधनको जोहो गर्नुपर्ने हुन्थ्यो । त्यो समस्या नआओस् भनेर सिडिओलाई पहिल्यै पैसा पठाइदिएका थियौं । मतदान भन्दा अघि नै मतपेटिकाहरु कसरि कलेक्सन सेन्टरहरुका जम्मा गर्ने भन्ने रुट बनिसकेको थियो । 
 
यसपालाको सुरक्षा चुनौती आँकलन गरेर अस्थायी कलेक्सन सेन्टरहरु समेत बनाइएको थयो । त्यहाँ जम्मा गरेका मतपेटिकालाई थप सुरक्षाबलसहित सदरमुका पुर्‍याइयो । 
 
मतपेटिकाको ओसार पसारमा आर्मीको संलग्नता भन्नेबारे
 
मतपेटिकाको ओसारपसार हवाई र स्थलमार्गबाट भएको थियो । हिमाली र कतिपय पहाडी जिल्लामा हेलिकप्टरको विकल्प थिएन । हेलिकप्टर हामीले सेनाको नै प्रयोग गरेको हो ।
 
ग्राउण्ड हेण्डलिङ् जनपद र सशस्त्र प्रहरीले गरेका हुन् । मतपेटिका सुरक्षाको पनि प्रमुख अधिकारी सिडिओ नै हो ।
 
त्यसैले सिडिओलाई नै समग्र सुरक्षाको जिम्मा थियो । 
 
मतपेटिका रातभर सेनाको व्यारेकमा राखियो भन्नेबारे
 
हास्यास्पद् मध्येको सबभन्दा तल्लास्तरको आरोप हो यो । हामीले आर्मीको ट्रक समेत प्रयोग गरेनौं । बरु अरु सरकारी निकायका जे जति छन् प्राइभेट खोजेर काम चलायौं ।
 
सुरक्षा प्रवन्धको आवाश्यकता अनुसार कलेक्सन सेन्टरमा केहि घन्टा राखियो । कहिँ पनि व्यारेकमा राखिएको छैन । 
 
मतपेटिकामा लगाएको सील टुटफुट भएको भन्नेबारे
 
धेरैवटा अघिल्ला निर्वाचनमा हामीले मतपेटिका लाहा छाप लगाएर चलायौं । धागोले बाँधेर लगाएको लाहाछाप सबैलाई मान्य हुन्थ्यो ।
 
टिनको बाकसमा कहिले काहि गणनास्थलमा मुसा पनि भेटिन्थ्यो । 
 
थोत्रो जनैको धागो जस्तो डोरोले बाकस बेरेर लगाएको सिलभित्र नागरिकको विवेक सुरक्षित भएको विश्वास गरिन्थ्यो ।  
अहिलेको हाम्रो सिल अत्याधुनिक खालको हो । सायद जापानबाट आएको हो । प्रत्येक सिलमा र्‍यान्डम नम्बर हुन्छ । पिनकोड जस्तो ।
 
त्यो सील बन्द गरेपछि खोल्न नमिल्ने प्रविधिबाट बनेको छ । काट्नै पर्छ । प्लास्टिकको सील काटेपछि जोड्न सकिन्न ।
 
मतपेटिकामा सिल लगाउँदा र गणना सुरु गर्नुभन्दा पहिला पनि दलका प्रतिनिधिले सिल चेकजाँच गरेर ठीक छ भनेकै हुन् । 
 
कलेक्सन सेन्टरबाट मतपेटिका ट्रकमा लोड गर्दा तीन चार वटासम्म पनि खप्टिएको रहेछ । कहिँ सीलका प्लास्टिक अलि अलि चुडिएको वा टुटेछ । एउटा बाकसमा कम्तीमा चारवटा सिल लगाएको हुन्थ्यो । 
 
प्रतिनिधिकै सहमतिमा एकाध सिल टुटेको भएपनि अरु सिल हेरेर गणना अघि बढाउने निर्णय गरिएको हो ।
 
त्यहाँमाथि बाकसको मुखमा अलग्गै सिल कभर त छँदैथियो । 
 
बाकस नै साटियो भन्नेबारे
 
श्रीमान श्रीमतीबिचमा विश्वासको सम्बन्ध नभइ गृहस्थी चल्दैन । सधै सँगै बस्ने । सहवास गर्ने । छोरो जन्मेपछि मेरो हैन भने जस्तै भयो यो त । 
 
बच्चाको डिएनए टेस्ट गर्नुपर्‍यो भन्ने । आफ्नो भए नभएको पत्ता लगाउँछु भन्यो भने त्यो सम्बन्ध कति मिठो रहला ।
त्यस्तो कुरा कल्पना मात्र गरेपनि पाप लाग्छ । 
 
अहिले धाँधली भयो भन्ने र बच्चा आफ्नो हैन भन्नेहरु एकै हुन । 
 
बाकस नै साट्ने निर्वाचन २०४३ साल भन्दा अघि कल्पना गर्न सकिन्थ्यो । त्यो पनि राष्ट्रव्यापी रुपमा हैन । एकाध ठाउँमा कल्पना गर्न सक्न्थ्यिो ।
 
२०४७ साल यता बाकस साट्ने कल्पना नै नगर्नुस् । बाकस फाल्ने, टुटाउने, लात्ताले हान्ने हुनसक्छ । यसपाला त त्यो पनि ऐतिहासिक नै रुपमा शान्तिपूर्ण भयो ।
 
१७०-८० बुथ जहिल्यै रिपोलिङ् गर्नुपर्नेमा सप्तरी र जुम्लामा जम्मा दुई वटा बुथामा मात्र दोहोरियो ।
 
बाकस नै साटियो भन्नेले देखाउनुपर्‍यो कुन मतदान केन्द्रमा बढी, कुनमा कम मतदान भएको छ । कुनै मतदान केन्द्रमा सबै भोट एउटै पार्टीले ल्याएको छ अरु दलले पाएको छ भने पनि देखाउनुस् ।
 
मतगणनास्थलमा ताला लगाउन नपाएको भन्नेबारे
 
मतपेटिकालाई संकलन गरेर जिल्ला सदरमुकाम वा गणनास्थलमा ल्याएर बुझाउनुपर्ने हुन्छ । त्यतिबेला पनि पार्टीका प्रतिनिधिहरु रोहबरमा हुनुपर्छ, हुन्छन् । त्यस्तो गोदाममा निर्वाचन क्षेत्राधिशले ताला लगाउँछ । 
 
धेरै दलले त्यसैमा चित्त बुझाउँछन् । जुन दललाई त्यसमा चित्त बुझ्दैन उसले आफै पनि ताला खप्टाएर लाउँछन् । यसपाला पनि कहिँ कतै कुनै दलले लगाए भन्ने मैले सुनेको छु ।
   
फेरि पनि म भन्छु– सबैभन्दा ठूलो कुरा विश्वास हो । खास्टोमा पोको पारेर ल्याएको मत सबैले स्विकारेर गणना भएको पनि छ । त्यसबाट जीत हार हुँदा पनि कसैले कसैलाई शंका नगरेको मैले आफै देखेको छु ।
 
मतदान अधिकृतको सहीको मसीको रङबारे
 
कालो मसी पछिसम्म पनि उड्दैन भनेर आधिकारिक मान्ने चलनै हो । हामीले पनि सुरुमा कालो मसीले सही गर्नु भनेका थियौं ।
 
तर कहिँ, कतै मतदान अधिकृत झुक्किएर नीलो वा रातोले सही गरे भने के गर्ने । मलाई यो प्रश्नले पिरोल्यो । 
 
मैले आफै जवाफ निकाले– मतको सुरक्षा महत्वपूर्ण हो । र अरु मसी परेको भएपनि मान्यता दिने टुङ्गो लगायौं । 
 
ग्रयाण्ड धाँधली भन्नेबारे 
 
मतदान केन्द्रपिच्छे मतपत्रको युनिक नम्बर छ । एउटा बाकसको मत सँगै रहेको अर्कोमा खसेपनि बदर हुन्छ ।
 
किनभने हामीले प्रत्येक मतपत्रको अधकट्टीसँग रुजु गरेर मात्र भोट गन्छौं ।
 
यतिहुँदाहुँदै कसैलाई धाँधली भएको भन्ने लाग्न सक्छ । भने त्यस्तालाई एउटै जवाफ मात्र दिन सकिन्छ– सबैले निर्वाचन न्याय पाउुनपर्छ । चित्त नबुझ्ने जति निर्वाचन अदालत जाऊ ।
 
सुनलाई किन सुन भनेर डिफेन्ड गर्नुपर्‍यो । घामलाई घाम नै हो, सेतोलाई सेतो भनेर बचाउ गर्नुपर्ने स्थिति आयो भने राम्रो हुँदेन। 
 
द्वापर युगमा भए अग्नीकुण्डमा हाम फल्नुहुन्थ्यो । कली युगमा हामफालौं भने डढेर खरानी भइहालिन्छ । त्यसैले म घाम जस्तै उज्यालो सत्यलाई बचाउ गर्ने पक्षमा छैन ।
 
निर्वाचनको पुनरावलोकनबारे
 
मिति घोषणा भएकै दिन निर्वाचनको गर्भादान भएको हो । मंसिर ४ गते सुडोल सुडोल बच्चा जन्मियो । बाउलाई आकार प्रकार, हातखुट्टा, आँखा, परेला अलि चित्त बुझेन ।
 
पुनरावलोकन गर्नुपर्‍यो भन्ने लाग्यो । बच्चालाई फिर्ता पठाउन सकिन्छ ? पुनरावलोकनको माग त्यस्तै हो । 

Saturday, November 2, 2013

कालो गोबन सर्प सँग खाने बस्ने ,खेल्ने अनी सँगै सुत्ने बलिका हेर्नुश यो सच्चात देवी को रुप .............

कालो गोबन सर्प  सँग खाने बस्ने ,खेल्ने अनी सँगै सुत्ने बलिका  हेर्नुश यो सच्चात देवी को रुप .............

कालो गोबन सर्प सँग खाने बस्ने ,खेल्ने अनी सँगै सुत्ने बलिका हेर्नुश यो सच्चात देवी को रुप .............

कालो गोबन सर्प  सँग खाने बस्ने ,खेल्ने अनी सँगै सुत्ने बलिका  हेर्नुश यो सच्चात देवी को रुप .............

Friday, November 1, 2013

म यस कारण भोट हाल्दिन-

चार/पाँच घण्टा हिँडेर घण्टौं लाइनमा उभिएर कागजमा छाप लगाउन मलाई फुर्सद छैन। बिनाअर्थ नङ रंग्याउन मलाई कुनै रहर छैन। तँछाडमछाड झेलेर सकिनसकी कागजमा छाप लगाएर मैले के पाउँछु र! नङमा लगाएको मसीले मेरो भोक मार्दैन। भोट दिएर मेरो भोकमरि टर्दैन, अनि किन दिने मैले कसैलाई भोट?
अहिलेसम्म के पाएँ र? बरु गुमाएँ मात्रै। दिनभरिको काम थाती राखे। जीवनका अमूल्य केही घण्टा खेर फालेँ। मैले भोट हालेको मान्छेले न देशका लागि काम गर्‍यो, न जनताका लागि नै केही गर्‍यो! केवल बन्यो त ऊ आफैं। हिजो चप्पल लगाउँथ्यो, आज सुटबुट लगाउँछ। हिजो काठमाडौं आउँदा आफन्तको कोठामा शरण मागेर सुत्थ्यो त आज बिसौं हजार तिरेर फ्ल्याटमा विराजमान भएको छ। हिजो १५ रुपैयाँ तिरेर सार्वजनिक माइक्रोबस र ट्याम्पो कुर्थ्यो, आज पजेरोमा हुइँकिन्छ। कसैसँग कुरा गर्न सार्वजनिक पिसिओ खोज्दै हिँड्थ्यो, आज विश्वको महंगो एप्पलको मोबाइल चलाउँछ। आखिर मेरो भोटले उसलाई बनायो, मलाई के बनायो? मलाई के दियो? समाजलाई के दियो? राष्ट्रलाई के दियो? ती जनता जो हिजो खाइनखाई, घण्टौं खालि खुट्टा हिँडेर भोट हाल्न गए, आज के पाए? जहाँका त्यहिँ छन् भोट हाल्नेहरू तर भोट माग्नेहरू र पाउनेहरूले छलाङ मारे। आफू बने। आफन्त बनाए र पुस्तौपुस्ताका लागि जोहो गरे। अब पनि मैले किन तिनैलाई बनाउन भोट हाल्ने?
कोही भोट हाल भनेर आउँछ भने यी प्रश्नको जवाफसहित आओस् र मेरो चित्त बुझाओस् अनि बल्ल भोटका कुरा गरौंला।

कसैको स्वार्थसिद्धका लागि मेरो महत्वपूर्ण जीवनको कर्मशील एउटा दिन किन खेर फाल्ने? त्यसको सट्टा म गोरु चराउन जान्छु, खेती लाउँदा काम लाग्छ। बाख्रा चराउन जान्छु, बेचेर नुनतेल किन्न पुग्छ। म खेतबारी गोडमेल गर्न जान्छु मलाई दुई छाक जोहो गर्न मद्दत हुन्छ। मेरो केही नै काम छैन भने आफन्तकहाँ सहयोग गर्न जान्छु। अप्ठेरो पर्दा गुहार्दा केही सहयोग पाउँला। आफन्तकहाँ पनि केही काम भएन भने छरछिमेकमा काम गर्न जान्छु। मर्दापर्दा काम लाग्लान्। चुलै जलेन भने ऐँचोपैँचो त दिन्छन्। त्यति पनि भएन भने सुतेर बस्छु। अघिल्लो दिनको थकाइ त मर्छ र शरीरलाई एक छिन भए पनि आराम मिल्छ।

यसो गरेँ भने मैले कुनै तनाव भोग्नु पर्दैन। कसैको आशा पनि गर्नु पर्दैन। कसैको भरोसा पनि पर्नु पर्दैन। मलाई कसैलाई भोट दिएर दुःखी बन्नु छैन। किनकि कसैलाई केही दिँदा आशा लाग्छ र त्यो आशा पूरा नहुँदा मनमा निराशा छाउँछ। त्यसले एक छिन भए पनि दुःखी बनाउँछ। त्यो दुःखका कारण धेरै दिनसम्म तनाव झेल्नुपर्छ। यसरी अनायासै भोग्नु परेको तनावले स्वास्थ्यमा नकरात्मक असर गर्छ। दैनिकीमा गडबड आउँछ। अब भन्नुहोस्, नदुखेको टाउको किन दुखाउनु भोट हालेर?

यो बेकारको नाटकमा म नकच्चरो पात्र बन्नु छैन। जति बनेँ बनिसकेँ। जति दिनु भोट दिइसकेँ। यो नौटंकी देख्नु नपरे पनि हुन्थ्यो जस्तो लाग्छ मलाई। यी वाहियात फतफत कहिल्यै सुन्न नपरे हुन्थ्यो लाग्छ। किनकि मैले देखिसकेँ नेताको हैसियत, भोटको मूल्य पनि देखिसकँे। मैले भोगिसकेँ मेरो भोटले दिएको पीडा। अब म थेग्न सक्दिन क्या। मसँग मेरो भोटको जवाफ थेग्न सक्ने ताकत छैन।

सहभागी त परै जाओस् यो भोट भन्ने शब्दै सुन्न नपरे हुन्थ्यो भन्ने त्यसै लागेको हैन मलाई। म लोकतन्त्र र प्रजातन्त्रको विरोधी हैन। म गणतन्त्रको विरोधी पनि हैन तर यी भुइँफुट्टाको बानी, व्यवहार र चरित्र मलाई मात्रै हैन, जनजनलाई थाहा भइसक्यो। हामीले केका लागि भोट दिने अब? फेरि त्यही संविधानसभा जसले कहिल्यै संविधान बनाउँदैन। म ठोकुवा गरेर भन्छु, पहिलो कुरा त संविधानसभाको चुनावै हुदैन र चुनाव भइहाले पनि संविधान बन्दैन। किनकि यसभन्दा पहिले पनि त संविधानसभाको चुनाव भएकै थियो।

चार वर्षसम्म पनि एउटा संविधान लेख्न सकिँदैन र? संविधानको खाकासमेत कोर्न सकेनन्। के एउटा संविधान बनाउन वषर्ौं अपर्याप्त हुन्छ र? ६०१ जना पनि अपर्याप्त थिए? को छुटेका थिए र त्यो सभामा? दलित थिए। महिला थिए। जनजाति थिए। आदिबासी थिए। तराइका थिए। पहाडका थिए। हिमालका पनि थिए। क्रान्तिकारी भनाउँदा थिए। खाँटी लोकतन्त्रवादी पनि थिए। मानवअधिकारका रक्षक हुँ भन्ने पनि थिए। जनताको असली मैमात्र हुँ भन्नेदेखि यो सबैखाले तन्त्र मन्त्रका मै हुँ भन्नेहरु सबै थिए। राजावादी पनि थिए। सबै वादी थिए। तर कसैले पनि माखो मारेनन्। मजस्तै श्रमपसिना चुहाएर, रगत बगाएर तिरेका कर चुस्नेबाहेक केही गरेनन्। उल्टो मेरो, मेरो शाखा सन्तान र देशको नै भविष्य अन्धकारमा धकेलिदिए। अहिले फेरि केलागि चुनाव?????  

ह्यऋह घिमिरेय्ह 

सिवाइ :- ३ ,सुन्दर् पुर , उदयपुर  

हेटौंडा, कार्तिक १५ । १५औ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । हेटौंडास्थित गौरीटार खेल मैदानमा आज भएको फाइनलमा पुलिसले सशस्त्र प्रहरीको एपीएफलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । 

निकै प्रतिष्प्रर्धात्मक खेलको ८५ औं मिनेटमा पुलिसकी यशोदा लामाले कर्नरबाट प्रहार गरेको बल एपीएफका खेलाडीको खुट्टामा लागि आत्मघाती गोल भएपछि पुलिसको जित निश्चित भएको हो । 
 
विजेता पुलिसले तीन लाख रुपैयाँ हात पारको छ भने उपविजेता एपीएफले एक लाख ५० रुपैयाँ प्राप्त गरेको छ । 

त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा पुगेका टिमहरुलाई पनि ५०–५० हजार प्रदान गरिएको छ । 
 

म्याग्दी, कार्तिक १५ । म्याग्दी सदरमुकाम बेनीमा संघीय समाजवादी पार्टीका उम्मेदवार याम किसानमाथि कुटपीट भएको छ । घरदैलो अभियानमा रहेका एकीकृत माओवादीका कार्यकर्ताले बेनीको वाणिज्य बैंक चोकमा उनीमाथि कुटपीट गरेका हुन् ।
किसान उम्मेदवारी मनोनयन दर्ता हुनु केही दिनअघि मात्रै एमाओवादी छाडेर संघीय समाजवादीमा प्रवेश गरेका थिए ।

एमाओवादी कार्यकर्ताले एमाले निकट युवा संघका कार्यकर्ता मुक्ति पाइजामाथि पनि आक्रमण गरेको एमालेले जनाएको छ ।

कुटपिटमा संलग्न एमाओवादी कार्यकर्ता कर्ण प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

Wednesday, October 30, 2013

मोबाइल हरायो ? चिन्ता नगर्नु होस्मोबाइल हरायो ? चिन्ता नगर्नु होस्

चीनको ह्युवेई कम्पनीले भारतीय बजारमा आफ्नो स्मार्टफोन एसेंड पी६ लन्च गरेको छ । यो संसारकै दोस्रो पातलो फोन रहेको कम्पनीले दाबी गरेको छ । ह्युवेई एसेंड पी६ को लम्बाई १३२ दशमलव ६५ एमएम, चौडाई ६५ दशमलव ५ एमएम र यसको तौल करीब १ सय २० ग्रामको छ । कम्पनीले यस फोनलाई एंड्रोयड ४.२.२ जेली बीन ओएसमा पेश गरेको हो ।
 
एसेंड पी६ मा ४ दशमलव ७ इन्चको एचडी डिस्प्ले दिएको छ । यसका साथै एसेंड पी६ १.५ गीगाहट्र्ज क्वाड–कोर प्रोसेसर, २ जीबी र्याम र ८ जीबी इन्टरनल मेमोरीको साथमा काम गर्छ । फोटोको लागि यसमा ८ मेगापिक्सलको मुख्य क्यामरा र ५ मेगापिक्सलको सेकेन्ड्री क्यामरा रहेको छ । यस्तै यसको ब्याट्री २ हजार एमएएच को छ ।
 
यसमा तपाईले एयरशेयरिंगको मद्दतले इमेज, म्युजिक र भिडियो जस्तो चिजलाई फोन या टिभिमा ट्रान्सफर गर्न सकिन्छ । एसेन्ड पी६ मा बिल्ट–इन फोन फाइन्डर छ । जसले फोन हराएमा सजिलैसंग पत्ता लगाउन सकिन्छ र फोनको डाटा पनि अन्त्य गर्न सकिन्छ । यसको फोनको मूल्य कम्पनीले २५ हजार ७ सय २० भारु तोकेको छ । ( एजेन्सीको सहयोगमा